लकडाउन उलंघन बढेपछि मकवानपुर प्रशासनको कडा निर्णय
चैत्र, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा लकडाउनको उलंघन बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो । सोमबार गरिएको निर्णय अनुसार अब अस्पताल जाँदा बाहेक मोटरसाइकलमा २ जना यात्रा गर्न पाइने छैन । बसपार्क र खोपेगल्लीका तरकारी पसलबाट थोकमा मात्रै तरकारी बिक्री वितरण गर्नु पर्नेछ । खुद्रा खरिदकर्ताले आफ्नो घर नजिकको पसलबाट मात्रै सामान खरिद गर्नुपर्नेछ । कमाण्ड पोष्टको बैठकले सामान्य कामलाई पनि अत्यावश्यक भनी अनाश्वयक रुपमा...


















