गाउँपालिकालाई नेकपा राक्सिराङद्वारा २ लाखको खाद्यान्न हस्तान्तरण
चैत्र, हेटौडा (राक्सीराङ) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सीराङ गाउँपालिका कमिटीले दुई लाख बराबरको राहत सहयोग गरेको छ ।
राक्सीराङ गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट विपन्न जनतालाई खाद्यान्न वितरण गर्ने गरी गाँउपालिकालाई हस्तान्तरण गरिएको नेकपाका जिल्ला सचिवालय सदस्य तथा राक्सीराङ गाउँपालिका इन्चार्ज बनस्तम थिङले जानकारी दिए । संकटकको यो घडीमा राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै मानव संकटको विरुद्ध हातेमालो गरेर अगाडि बढ्नुपर्ने ईन्चार्ज थिङ्गले बताए ।
गाउ कमिटिले सहयोग जुटाएर दैनिक आवश्यक १३८ बोरा चामल, १२ कार्टुन तेल, १० बोरा नुन, साबुन, दाल, लगायत सामाग्री सहयोग गरिएको उनले बताए । गाँउपालिकाले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने भएपछि गाँउपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङलाई राहत हस्तान्तरण गरिएको नेकपा राक्सिराङका अध्यक्ष हस्त बहादुर मोक्तानले बताउनु भयो ।
कोरोना भाइरसको त्राससंगै सरकारले लकडाउन गरेपछी दैनिक ज्यालादारी गरेर गुजारा चलाउनुपर्ने परिवारलाई खाद्यान्नको समस्या वढ्दै गएपछी पार्टीले सहयोग गरेको उनले बताए । चेपाङ बाहुल्य र विपन्न परिवारहरुको बसोबास रहेको गाउँ पालिकामा खाद्यान्न संकट देखिएको गाउँपालिका अध्यक्ष मल्लले वताए ।
सोमबार भएको राहत हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ओम बहादुर घलान, संविधान सभा सदस्य राजाराम स्याङतान, गोबिन्दराम चेपाङ्ग, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला कमिटी सदस्य सुन्तली चेपाङ्ग, पार्टीको गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तान, वडा अध्यक्षहरु बाबुलाल स्याङतान, सन्जय कोईराला, चन्द्र सिंह प्रजा लगाएतको उपस्थिती रहेको थियो ।






