साउदीको एक दर्जन शहरमा कर्फ्यु लम्बियो

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०८:४१

चैत्र, साउदी – विश्वव्यापी महामारीका रूपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथामका लागी साउदी अरबले पुनः कर्फ्यु थपिएको छ । प्रान्तका गभर्नरहरुले साउदी अरेबियामा संक्रमित संख्या २६ सय ५ पुगे सँगै कर्फ्यु अर्को सूचना जारी नभए सम्मका लागी थपिएको बताएका छन् ।

चौबीस घन्टे कर्फ्यु साउदीको रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर, जेद्दा लगायतमा थपिएको हो । यस अघि साउदी अरेेबियाका धार्मिक स्थल मक्का र मदिनमा २४ घन्टे कर्फ्यु थपिएका थिए । गत मार्च २३ देखि बेलुका ७ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको साउदी सरकारले पछिल्लो पटक संक्रमित बढ्न थालेपछि कर्फ्युको समय पनि बढाउँदै लागिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार सुरक्षा, सैन्य र मिडिया जस्ता महत्वपूर्ण सार्वजनिक, निजी क्षेत्र र स्वास्थ्य सेवामा काम गर्नेहरूलाई कर्फ्युको समयमा छुट हुने बताएका छन् ।

सोमबार सम्म साउदी अरेबियामा कुल संक्रमित २ हजार ६ सय ५ पुगेका छन् , भने ३८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलालीका अनुसार बिहीबारसम्म ५ सय ५१ जनाको सफल उपचार गरिसकेका छन् ।

त्यस्तै पछिल्लोप टक साउदीमा चारजना नेपाली समेत कोरोना संक्रमित भेटिएका थिए । उनीहरू कुन प्रान्तमा कार्यरत वा नेपाल कुन ठाउँ भनेर दूतावासले खुलाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*