कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह

तामसालिङ खबर
२० चैत्र २०७६, बिहीबार ०६:२९

चैत्र, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो।

‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमा रिपोर्ट गलत आउने गरेको पाइएका छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्योल गरेको अवस्था छ,’स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले भने, ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो ।’

सरकारले निःशुल्क कोभिड–१९ को जाँच गरिरहेकै बखत भरपर्दो नभएको ¥यापिड किट प्रयोगको माग गर्ने र गराउने दुवैले नियम उल्लंघन गरेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलले बताए । नागरिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*