कोरोनाको त्रास : चैत ६ बाट सुरु हुने एसईई नरोकिने
काठमाण्डौ – विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताएका छन् । यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ । सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागेका छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग...


















