मकवानपुरको चेपाङ्ग गाँउमा विश्वसुन्दरी, सहयोग गर्ने प्रतिबद्धता

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार ०८:३३

फाल्गुन २४, हेटौडा (कैलाश) – मिस वर्ल्ड २०१९ की बिश्वसुन्दरी टोनी एन सिहं शुक्रबार मकवानपुरको कैलाश गाउँपालिकाको तामलाङमा आईपुगेका  छन् । उनी सहितको टोली शुक्रबार तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि पुगेका हुन ।

उनीसँगै मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु चेपाङ्ग बाहुल्यता रहेको सो गाउँमा पुगेका हुन् ।

तस्बिर: पत्रकार शिबकुमार काशीको फेसबुक वालबाट

पाहुनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरुले स्वागत गरेका थिए । तामलाङमा ङिको स्वास्थ्य चौकी मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडाले निर्माण गरेकी हुन् ।

 

मिस वर्ल्ड २०१८ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले यही प्रोजेक्टबाट ब्यूटी अफ पर्पसको टाइटल जितेकी थिइन् । स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

कार्यक्रममा पुर्व सभासद गोविन्दराम चेपाङ्ग, बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*