निवर्तमान उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी
माघ ७, काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्। दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो । दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन् । पार्टी महासचिव विष्णु पौडेलले...



















