कक्षा १२ सम्मको पाठ्यक्रम परिवर्तन हुने
माघ ६, काठमाडौं – आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ ।
पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ । त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने बताएको छ ।
२०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए। समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।






