कांग्रेस निकट आदिवासी जनजाती संघ हेटौंडा उपमहानगरमा हर्करत्न लामा चयन
माघ ५, हेटौंडा – नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाती संघ हेटौंडा उपमहानगर समितिको अध्यक्षमा हर्करत्न लामा चयन भएका छन् । शनिवार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुश्मा श्रेष्ठ, सचिव शर्मिला मुक्तान, सह-सचिव बुद्धिलाल स्याङतान र कोषाध्यक्षमा नितेश लामालाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा रेशमकुमार श्रेष्ठ, अर्जुनलाल श्रेष्ठ, मनोज थिङ, राजेश श्रेष्ठ, मिना लामा, जोगमाया तामाङ, अशोक डिमडुङ, कमला लामा, रोशन गोले, प्रेम गुरुङ, डोल्मा स्याङबो, लवाङ लामा, गणेश मुक्तान, धनराज प्रजा, बुद्धिमान वाइवा,...



















