विवाहित युवती माथि बलात्कार गर्ने पक्राउ

तामसालिङ खबर
६ माघ २०७६, सोमबार ०९:४६

मोरङको पथरीशनिश्चरेमा ‘ब्ल्याकमेल’ गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन्।

तीन महिनादेखि विभिन्न खाले डर देखाएर ब्ल्याकमेल गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धानका लागि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। उनकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सातपटक भन्दा बढी बलात्कार गरेको खुलेको छ।

पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको खुलेको खबर आजको अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकीले लेखेका छन्। प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ब्ल्याकमेल गरेको पुष्टि भएको छ। ब्ल्याकमेल गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ब्ल्याकमेल गरेको डीएसपी गिरीको भनाइ छ ।

उनका अनुसार ‘मसँग तिम्रो नांगो फोटो छ। त्यसलाई भाइरल बनाइदिन्छु। यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ’ भनेर युवाले युवतीसँग ब्ल्याकमेल गरेको खुलेको छ। त्यसपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए।

उनकाअनुसार सामाजिक सञ्जालमा फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक ब्ल्याकमेल गरेर बलात्कार गर्ने गरेको कुरा युवतीले आफ्ना श्रीमानलाई सुनाइन् ।त्यसपछि पारिवारिक सल्लाहअनुसार नै युवतीले प्रहरीमा जाहेरी दिएकी हुन्। युवाले पनि आफूले सात पटकसम्म बलात्कार गरेको स्वीकार गरेका छन्।

‘अरु केटाले फेसबुकको ग्रुप म्यासेन्जरबाट नांगो फोटो भाइरल बनाइदिने भन्दै युवतीलाई डर देखाएछन् । प्रहरीले युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ब्ल्याकमेल गर्दै नांगा फोटा पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ। युवाले बलात्कारका लागि ब्ल्याकमेल गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए।

पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*