अजिता हत्या प्रकरण : बलात्कारपछि हत्या भएको आरोप

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार ०७:३४

माघ ७, हेटौडा – हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो ।

भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै पुर्याएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंगी अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*