मंसिरमा हुने उपनिर्वाचनका लागि २१ दलको निवेदन

असोज १, काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबार सम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्त सम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबार सम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए । आयोगमा राजनीतिक दल हेर्ने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि...