असोज २४ र २५ गते ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ नेपालमा हुने
असोज १८, काठमाण्डौ – तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय तमू सम्मेलन हुने भएको छ । यही असोज २४ र २५ गते काठमाडौंमा हुने सम्मेलनको पूर्वराष्ट्रपति डा.रामवरण यादवले उदघाटन गर्ने परिषद्का अध्यक्ष रेशम गुरुङले बताउनु भयो । एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन लागेको सम्मेलनमा भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, म्यानमार लगायत विश्वका विभिन्न ३३ देशमा रहेका गुरुङ संघ-संस्थाका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै परिषद्को देशभर ६३ जिल्लामा रहेका जिल्ला समिति, भ्रातृ संस्थाहरू, आबद्ध संस्थाहरूका समेत गरी सात...



















