सामाजिक सुरक्षा कोषमा आबद्ध हुन एक महिनाको समय थप

काठमाण्डौ – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गरेको छ । सामाजिक सुरक्षा कोषले सूचीकृत हुनका लागि एक महिनाको समय थप गर्ने बिहिबार जानकारी गराएको हो । ठूलो संख्यामा सूचीकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनका लागि एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुभयो । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई कोषमा आबद्ध हुने मौका दिएको थियो । अहिलेसम्म कोषमा ८ हजार ८ सय १८ जना रोजगारदाताहरु सूचीकृत भएका छन भने यस कोषमा...