तिन नम्बर प्रदेश सरकारले मनहरीमा कागज उद्योग स्थापना गर्ने तयारी

असोज ३०, हेटौंडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा तिन नम्बर प्रदेश सरकारले कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाइएको जनाइएको छ । करिब दुई अर्ब लगानीमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु...