बीमा बापतको रकम नपाएको भन्दै उच्च अदालतमा मुद्दा दर्ता
भदौं, बिराटनगर – सम्झौता बमोजिम बीमा रकम भुक्तानी नगरेको भन्दै बीमितहरुले उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्वीपक्षीय सम्झौता भई मोरङका २०० जना बढी पत्रकार र परिवारका सदस्यहरुको बिमा गरेका थिए । त्यसमध्ये ५१ जना बिमितहरुमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमावापतको भुक्तानी पाएका थिए । बाँकी ३१ जनाले बिमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा...