संविधान संशोधन नभए सडक संघर्षमा उत्रने – उपप्रधानमन्त्री यादव

विराटनगर – समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सडक सङ्घर्षको उत्रने बताएका छन् । शनिबार बिराटनगरमा आयोजित पार्टीको एक नम्बर प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे । त्यस्तै, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको...