पूर्वी नेपालमा शनिवारसम्म हेलिकप्टर नचलाउन आग्रह

तामसालिङ खबर
२० बैशाख २०७६, शुक्रबार १५:५४

काठमाडौं – गृह मन्त्रालयले शनिबार सम्म पुर्बी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।

शनिवार सम्म हेलिकप्टर उडान नगर्नु, नगराउनु हुन र पर्यटक एवं यात्रुहरु सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले भारतमा देखिएको फनी नामको आँधीको असर शुक्रवार बेलुकीदेखि नेपालमा देखिन थाल्ने जनाएको छ ।

फनीका कारण मध्य र पूर्वी नेपालमा मेघ गर्जन सहित पानी पर्ने, चट्यांग पर्ने र हावाहुरी समेत लाग्ने सम्भावना रहेको छ । पूर्वी नेपालको उच्च पहाड तथा हिमाली क्षेत्रमा भने भारी हिमपातको सम्भावना छ । यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*