भोजपुरको बोर्डिङमा तामाङ भाषामा पढाई हुने

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङ बैदारभञ्ज्याङमा रहेको एस.के. सनराइज बोर्डिङ स्कुलमा तामाङ भाषामा पढाई हुने भएको छ । २०६८ साल देखि सञ्चालनमा आएको एस.के. बोर्डिङले यस २०७६ सालको शैक्षिक सत्र देखि तामाङ भाषामा पनि पढाई हुने बोर्डिङका सञ्चालक सुवास सिं तामाङले बताए ।
शिक्षाको क्षेत्रलाईनै निकै आत्मासाथ संगै शिक्षा क्षेत्रलाई नै पहिलो प्राथमिकता दिने गरेको उनले २०६८ सालमा एस. के. सनराईज बोर्डिङ स्कुलको स्थापना गरिएको थियो ।
८० प्रतिशत भन्दा बढी तामाङ समुदायका विद्यार्थीहरु सो बोर्डिङमा अध्ययनरत भएकोले तामाङ भाषामा अध्ययन गराई तामाङ जातिको भाषा, संस्कार र संस्कृति जोगाउनको लागि टेवा पुर्याउने लक्ष्य रहेको तामाङको भनाइ छ ।