प्रदेश सरकारले १२ जना काेराेना संक्रमितकाे ‘ट्राभल हिस्ट्री’ खाेज्न थालियो

बैशाख ७, विराटनगर – विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिएका एक नेपालीसहित १२ जना कोरोना भाइरस संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्‍न थालिएको छ । प्रदेश १ सरकारले उनीहरु कहाँबाट आएर कता–कता घुम्दै उदयपुरको त्रियुगामा रहेको मस्जिदमा पुगेका हुन् भन्ने जानकारी लिन विभिन्न सूचना संयन्त्र प्रयाेग गरिरहेकाे छ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार उदयपुरमा रहेको प्रशासन र प्रहरी कार्यालयले पनि यसबारे खोजी गरिरहेकामा अब प्रदेश सरकारले पनि थप जानकारी लिन थालेको छ । प्रारम्भिक सोधपुछका क्रममा मुस्लिम समुदायका ती संक्रमित व्यक्तिहरु भारतको नयाँ दिल्लीबाट आएको पाइएको छ...