अधिकार प्राप्तिका लागि अन्तिम लडाई लड्न तयारीमा छौ – संघीय अध्यक्ष गोले

असोज १०, सप्तरी – नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेले अधिकार प्राप्तिको लागि सशक्त विद्रोह गर्ने चेतावनी दिएका छन । एक नम्बर प्रदेशको सप्तरीको अग्निसाईर कृष्णसवर गाउँपालिकामा विहीबार तामाङ घेदुङ सप्तरीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘राज्यको चरम विभेदकारी नीतिका करण तामाङ समूदाय पछाडी पारेको भन्दै ‘नश्लवादी शासक विरुद्ध सशक्त विद्रोहको विकल्प नरहेको बताउनु भयो ।’ तामाङ समूदायलाई जागरुक गर्दै आन्दोलनको तयारीमा नेपाल तामाङ घेदुङ अघि बढेको बताउँदै उनले अधिकारका लागि अन्तिम लडाई लड्न तयार रहन् सवैलाई अग्रह समेत गरे ।
घेदुङको संघीय बरिष्ठ उपाध्यक्ष बेली लामाले वर्तमान सरकार तामाङ विरोधी रहेको आरोप लगाए । ‘तामाङ विरोधी सरकारलाई ठिक पार्नु आवश्यक छ’ उनले भने-‘जसको विकल्प आन्दोलन बाहेक केही छैन् ।’ आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य एवम् घेदुङका संघिय सचिव रामकृष्ण ब्लोनले सरकारले आदिवासी जनजातिको अधिकार खोस्दै गएकोले अधिकारका लागि सचेत रहन आग्रह गरे ।
नेपाल तामाङ घेदुङ जिल्ला समवन्व समिति सप्तरीको अध्यक्ष सन्तमान गोले तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी महासंघ प्रदेश २ का उप संयोजक दिल कुमारी चौधरी, पुर्व केन्द्रिय सदस्य खडग बहादुर तामाङ, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थारु कल्याणकारी सभा सप्तरीका सभापति शिव नारायण थारु, अग्निसाईर कृष्णासवरन वडा नम्वर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले समेत आन्दोलनको आवश्यकता औल्याए ।
त्यस्तै, नेपाल मगर संघ सप्तरीको सचिव पुरुषोतम बलाम्पाकी मगर, दनुवार जागरण समितिका सप्तरीका सचिव उपेश सिंह दनुवार, नेपाल आदिवासी जनजाति महासंघ अग्निसाईर कृष्णा सवरनका अध्यक्ष कल्पना चौधरी, लगायतकाले मन्तव्य व्यक्त गरे ।