प्रदेश १ को मिस तामाङको उपाधि, प्रजिता तामाङले जितिन्

तामसालिङ खबर
३० भाद्र २०७६, सोमबार ०८:४९

भदौ ३०, धनकुटा – प्रदेश नम्बर १ धनकुटामा शनिबार मिस तामाङ प्रदेश १ को ग्राण्ड फिनालेबाट धनकुटा हिलेकी प्रजिता तामाङले ताज पहिरिएकी  छिन् ।

नेपाल तामाङ घेदुङ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सह-आयोजनामा हिलेको खेलमैदानमा भएको ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै प्रदेशकै ताज पहिरिएकी हुन् ।

बिजेता तामाङले व्यक्तिगत विधातर्फ तीन वटा पुरस्कार सुरक्षित गरिन् । मिस तामाङको उपाधिसँगै स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भईन ।

त्यस्तै, फस्ट रनरअपमा सुष्मा तामाङ बनिन् । उनले नगद १ लाखसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन् । सेकेण्ड रनरअपमा मिना तामाङले नगद ५० हजारसहित आकर्ष गिफ्ट ह्याम्पर पाइन् ।

फिनालेमा विजेताहरुलाई प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा संघिय सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उर्लाबारी घेदुङका राजु घिसिङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए । मिस तामाङ प्रदेश १ को प्रतियोगितामा सहभागी हुन प्रदेश १ भित्रको जिल्लाका १३ स्पर्धीहरु सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*