पाँचथरमा वडासदस्य सहित २१ जना नेकपामा प्रवेश
भदौ २४, पाँचथर – पाँचथरको फिदिम नगरपालिका वडा नं १४ की वडासदस्य तेजमाया विश्वकर्मा सहित २१ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । नेपाली काँग्रेसबाट निर्वाचित दलित महिला वडासदस्य विश्वकर्मा लगायतलाई प्रदेशसभा सदस्य आशारत्न जवेगू, नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, नेकपा फिदिम नगर कमिटीका सचिव देवी थापा मगर, वडाध्यक्ष हेमबहादुर फागो लगायत नेता कार्यकर्ताहरुले नेकपामा स्वागत गरे । वडासदस्य विश्वकर्माले नेकपामा आवद्ध भई वडा नं. १४ र फिदिम नगरपालिकाको विकासमा लाग्ने वताइन् । उक्त वडामा गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले)ले वडाध्यक्ष जितेको थियो भने चार...