पानीको बहाब घटेको भन्दै, कोशी ब्यारेजको २६ ढोका बन्द

तामसालिङ खबर
२९ असार २०७६, आईतवार १६:३२

सुनसरी – शनिबार राति खोलिएको कोशी व्यारेजको ढोका फेरी बन्द गरिएको छ । गएराति पाँच वर्ष यताकै सबै भन्दा धेरै पानीको बहाव ३ लाख ७१ हजार १ सय १० पुगेको भन्दै ५१ बर्षपछि ५६ वटै ढोका खोलिएका थिए । यस भन्दा पहिले २०२५ सालमा सप्तकोशी नदीको बहाव ९ लाख क्युसेक पुग्दा खोलिएको थियो ।

आज विहान पानीको बहाव घटेको भन्दै भारतले ५६ ढोका मध्ये २६ वटा ढोका बन्द गरेर ३० वटा ढोका मात्रै खोलेको छ । भारतले कोशी व्यारेजको ढोका बन्द गरेसँगै कोशी आसपासका वासिन्दा त्रसित भएका छन् । भारतले नेपाली नदीमा आफनो नियन्त्रण राख्ने भएकोले नेपाली भूमि डुवान र कटानमा पर्ने गरेको विज्ञहरु बताउछन् ।

अहिले कोशी व्यारेज कन्ट्रोलरुमका अनुसार सप्तकोशी नदीको वाहाव २ लाख ६४ हजार १ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । केही दिन देखि निरन्तर पानी परिरहेकोले सप्तकोशी नदीको बाहाव अझ वढ्न सक्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*