हेलिकप्टरबाट सिरकको पोका खसेपछि…

भदौ २२, सल्लेरी – फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको हेलिकप्टरबाट सिरकको पोको खसेको छ । बिहिबार उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सो सामग्री सोलुदुधकुण्ड नगरपालिकाको फेरामा झरेको स्थानीयले बताए।
सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले सामन ढुवानी गर्दा सानो कमजोरीले दुर्घटना हुनसक्ने हुँदा सवाधानी अपनाउनुपर्ने बताएका छन् । अबका समयमा यस्तो गल्ती नदोर्याउन पनि उनहिरुले हेलिकप्टर कर्मचाारीहरुलाई सुझाव दिएका छन् ।
हेलिकप्टरका कर्मचारी विलक श्रेष्ठ अन्जानमा भएको गल्तिले सामान झरेको स्वीकारेका छन् ।