लोकसेवा बिज्ञापन बिरुद्ध प्रदेश १ बन्द, आन्दोलनकारीले प्रश्नपत्र च्याते

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार ११:२२

साउन ४, खोटाङ – लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदेश १ बन्दको आह्वान संगै आन्दोलित समूहले खोटाङ दिक्तेलमा शनिबार बिहान प्रश्नपत्र च्यातेका छन् । आरक्षण बचाऔंं आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघ किरात–लिम्बुवान प्रदेश १ ले प्रदेश बन्द आह्वान गरेको थियो।

आन्दोलनकारीले दिक्तेल बहुमुखी क्याम्पसमा जारी परीक्षा हलमा प्रवेश गरी प्रश्नपत्र च्यातेको महासंघको अध्यक्ष जगत बरामले बताए । उनका अनुसार रविन खम्बू, एलबी मगर, नीलम चाहार र सबिना परियार आच्छामीलाई प्रहरीले कुटपिट गरि गिरफ्तार गरेको छ । उनीहरुलाई बिनासर्त रिहाइ गर्नुपर्ने माग आन्दोलनरत पक्षले गरेको छ ।

खम्बु महासंघका जिल्ला सचिव, मगर सहसचिव, चाहार दलित खोटाङ विकास मञ्चका अध्यक्ष र आच्छामी महिला अधिकारकर्मी हुन् । सुनसरीको इटहरीको १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*