प्रदेश न. १ को फोनिज अध्यक्षमा जम्‍नेली निर्वाचित

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार १५:२८

साउन ३१, उदयपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को अध्यक्षमा अर्जुन जम्नेली निर्वचित भएका छन् । उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक महाधिबेशनबाट जम्नेली निर्बाचित भएका हुन् ।

महाधिबेशनले जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक निर्वाचित भएका छन् । महासचिवमा विदुर खावास निर्वचित भएका छन् । त्यसैगरी संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर निर्वचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुसन राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा बीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन निर्वाचित भएका छन् । महिला सदस्यहरुमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वचित भएका छन् ।त्यस्तै संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ निर्वाचित भएका छन् । अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् । तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*