लोकसेवा बिज्ञापन बिरुद्ध साउन ४ गते प्रदेश एक बन्दको घोषण

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार १२:१३

इटहरी : नेपाल आदिवासी जनजाति महासंघ एक नम्बर प्रदेश समन्वय समितिको नेतृत्वमा आरक्षण बचाउ आन्दोलनले साउन ४ गते एक नम्बर प्रदेश बन्दको घोषण गरेको छ ।

लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै महासंघ प्रदेश १ ले प्रदेश बन्दको घोषणा गरेको हो ।

लोकसेवाले आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग राखेको छ ।

लोकसेवा आयोगको असमावेशी विज्ञापनको बिरुद्ध साउन ३ गते प्रदेशका विभिन्न क्षेत्रमा कोणसभा तथा जनप्रदर्शन गर्ने बताएको छ । ४ गते धनकुटामा लोकसेवाको मुख्य परिक्षाको अवसरमा बन्द गरिएको महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव सुब्बाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*