इलाममा तीन किशोरीलाई खाेलाले बगायाे

तामसालिङ खबर
२८ असार २०७६, शनिबार १९:३७

इलाम – इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका –१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । माई नगरपालिका– ६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । त्यस्तै खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*