भोजपुरमा विप्लप कार्यकर्ता र प्रहरीबीच भिडन्त हुदा दुइ जनाको मृत्यु

तामसालिङ खबर
२५ असार २०७६, बुधबार ११:१८

भोजपुर – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरी बीच भिडन्त हुदा दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरी खतिवडाले बताउनु भयो ।

बुधबार बिहानमा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको थियो । प्रहरीले प्रतिकार गर्दा विप्लव कार्यकर्ता मिरकुमार राईको पनि मृत्यु थिए ।

प्रहरीले उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*