आरक्षण बचाउ आन्दोलनमा समाजवादी पार्टीको एक्येवद्धता

साउन ४, काठमाडौं – समाजवादी पार्टी नेपाल १ नम्बर प्रदेश समितिले आरक्षण बचाउ आन्दोलनमा एक्यवद्धता जनाएको छ । समितिले लोकसेवाले संविधानको मर्मविरुद्ध विज्ञापन गरेको भन्दै विज्ञापन खारेजको माग समेत गरेको छ ।
पार्टीको १ नम्बर प्रदेश समितिका प्रविण चाम्लिङद्वारा जारी विज्ञप्तिमा लोक सेवाको विज्ञापन संविधानको मौलिक हक (धारा ४२) विरुद्ध रहेको दाबी गरिएको छ ।
लोक सेवा आयोगमार्फत सरकारले आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक, मुस्लिम, दलित, महिला, अपांगता भएका व्यक्तिहरु र पछाडि पारिएका क्षेत्रलाई राज्य संयन्त्रमा प्रतिनिधित्व गर्न रोक्ने षड्यन्त्र गरेको समितिको आरोप लगाएको छ ।
उसले तुरुन्त प्रादेशिक लोक सेवा आयोग गठन गरी उत्पीडित र बहिष्करणमा परेको नागरिकको संविधानले दिएको अधिकार सुनिश्चित गर्न माग समेत गरेको छ ।