प्रदेश १ मा नवनियुक्त चार राज्यमन्त्रीले सम्हाले कार्यभार

तामसालिङ खबर
५ माघ २०७६, आईतवार १९:२८

माघ ५, विराटनगर – प्रदेश नम्बर १ मा मन्त्रीमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिशमा सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ४ जना राज्यमन्त्रीहरु नियुक्ति गर्नुभएको छ ।

नयाँ राज्यमन्त्रीहरुको नियुक्ति सँगै प्रदेश नम्बर १ को मन्त्रीपरिषद् एक जना महिला सहित ९ जनाको पुगेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरु राम बहादुर मगरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्वीरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर विश्वकर्मालाई सामाजिक विकास मन्त्रालय र विजय कुमार विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै आ–आफ्नो कार्यभार सम्हाल्नु भएको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री शेरधन राईको मन्त्रीमण्डल गठन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*