संविधान संशोधन नभए सडक संघर्षमा उत्रने – उपप्रधानमन्त्री यादव

विराटनगर – समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सडक सङ्घर्षको उत्रने बताएका छन् ।
शनिबार बिराटनगरमा आयोजित पार्टीको एक नम्बर प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे ।
त्यस्तै, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे ।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि कार्य गर्ने धारणा व्यक्त गरे ।