एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार ०८:३१

मोरङ – प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो ।

प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो । विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ ।

राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*