एक नम्बर प्रदेशको नाम र स्थायी राजधानीका लागी प्रस्ताव आह्वान

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार १०:४५

विराटनगर – एक नम्बर प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव राख्न प्रस्ताव आह्वान गर्न निर्देशन दिएका हुन् ।

बैशाख १९ गतेभित्र प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामको विषयमा प्रस्ताव ल्याउन आह्वान गरेको हो । प्रदेशसभा संचालन संशोधन कार्यविधिले व्यवस्था गरेअनुसार प्रदेश सांसदहरु मध्येबाट २ जनाको प्रस्तावमा प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याउन सक्नेछन् ।

यसरी आएको प्रस्तावलाई दुईतिहाईले पारित गर्नुपर्ने व्यवस्था छ । प्रदेश १ मा दुईतिहाई नेकपाको मात्र भएपनि सर्व–सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको विषय समेटेर लैजाने पक्षमा प्रदेश सरकार लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*