तामाङ महिला घेदुङ पोखराको नेतृत्व विकास तालिम सम्पन्न

असोज, पोखरा – नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिद्वारा आयोजित तिन दिने नेतृत्व विकास तथा उद्घोषणकला तालिम सम्पन्न भएको छ । म्हेनिङ पर्व (सम्वृद्धिको पुजा)को आगमनको अवसरमा आयोजित तालिमको समापन समारोहका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पुर्व अध्यक्ष धनप्रसाद तामाङले तालिमबाट सिकेका ज्ञानले समाजलाई सिर्जित गर्नुपर्ने बताउनुभयो । ज्ञानकै अभावले विगत देखि विभेद भोग्नु परेको समुदाय अब सामाजिक न्याय, समानता र राज्य हाँक्नका लागि समेत तयार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले म्हेनिङको महत्वको बारेमा समेत प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पुर्व...