पोखरा महानगर घेदुङको अध्यक्षमा टेकबहादुर तामाङ चयन, १४ सदस्यीय नया कार्यसमिति गठन
पोखरा – नेपाल तामाङ घेदुङ पोखरा महानगरको प्रथम सम्मेलनबाट टेकबहादुर तामाङ सर्बसम्मत चयन गरेका छन् । नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलामा १४ सदस्यीय नया कार्यसमिति गठन गरिएको छ । महानगर घेदुङको उपाध्यक्षमा शिबु ब्लोन, सचिवमा सुन्दर थोकर, सहसचिव कुमार थिङ, कोषाध्यक्षमा अन्जना तामाङ लगायतको चयन भएका छन् । महिला उपाध्यक्षमा भने पहिलो बैठकबाट नियुक्त गर्ने बताएको छ । त्यस्तै, सदस्यहरुमा अन्तिम डिमडुङ, अनिता योन्जन, रितु थोकर, कविता योन्जन, बिशाल गोले, कमला तामाङ, योगिता तामाङ, जङ्गराज ब्लोन लगायत रहेका छन् । भेलामा घेदुङको...