पोखरामा अल्ट्रालाइट दुर्घटना, २ घाइते

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार २०:५३

पोखरा – पोखरामा हेलिएअर कम्पनीको अल्ट्रालाइट मंगलबार अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । अल्ट्रालाइट चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । ‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’

दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको अल्ट्रालाइट २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ‘अल्ट्रालाइटको २ वटा पंखामा खराबी भएको आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*