पोखरामा जिल्लाब्यापी कविता वाचन प्रतियोगिता सम्पन्न

विवेक प्रथम र समिक्षा दित्तीय हुन् सफल
तामसालिङ खबर
५ बैशाख २०७६, बिहीबार १९:१०

पोखरा – कोकोमेन्दो साहित्य समाज पोखराद्वारा २८५५ फा-ल्हो नम्दुङ ङ्ह्या (चैत्र पुर्णिमा) को अबसरमा लेखन, वाचन र प्रकाशन गर्ने उद्येश्यले ‘जिल्लाव्यापी कविता वाचन प्रतियोगिता’ बुधबार सम्पन्न भएको छ ।

तामाङ बौद्ध सेवा समितिको सभाहलमा भएको कार्यक्रमका समाजको संरक्षक धन प्रसाद तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य समाज कै संयोजक दिपक वाइबाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि तामाङले छ्युमीमा दिप प्रज्वलन गर्नुहुँदै तामाङ साहित्य लेखन अरु भाषामा भन्दा अलि सहज भएकोले अब परिवर्तनको आवाजहरुलाई समेट्न सक्नु पर्ने बताउनुभयो ।

तस्बिर: दिपक वाईबा तामाङ

त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले साहित्य गतिविधिबाट भाषा धर्म र संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए साथै मैले जनप्रतिनिधिको हैसियतले समाजमा पर्ने बिभिन्न समस्याहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

कार्यक्रममा शितल चौतारी युवा क्लवका अध्यक्ष सन्तोष तामाङले साहित्यिक कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको र अगामी दिन सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कोकोम्हेन्दो साहित्य समाजका सदस्य सचिव मिनमाया डुम्जनले साहित्यिक कार्यक्रम मार्फत समुदायमा बौद्धिक जनजागरण सन्चालन गरिने विचार व्यक्त गरे । प्रतियोगिताको निर्णायक भूमिकामा पवित्रा तामाङ र मनिशा तामाङ रहेको थियो ।

तस्बिर: दिपक वाईबा तामाङ

कविता वाचन प्रतियोगितामा विवेक थोकर प्रथम, समिक्षा न्हेगी दित्तीय र एलिना लोप्चन तृतीया हुन सफल भएको छ । त्यस्तै, कृष्टि तामाङ, रोश्नी तामाङ र अमिशा तामाङ सान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएका थिए । कार्यक्रमको संचालन समाजको सदस्य अन्जना डुम्जनले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*