भुकम्पको ४ बर्षपछि बारपाकको उज्यालो मुहार

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार १७:३७

बारपाक : नमुना घरलाई हेर्दै रामबहादुर घले (७७) आँखा ओभाउँछन्। ०७२ वैशाख १२ को भूकम्पमा उनले आफ्ना आफन्तहरु गुमाए। पुर्खौली आवास गुमाए। सम्झि ल्याउँदा भुकम्पले उनको मनलाई आलो घाउजस्तै दुखाउँछ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको वैशाख १२ को भूकम्पमा त्यहाँका सबै घर भत्किएको थियो।

भूकम्पमा परि स्थानीय ७० जनाले ज्यान गुमाएका थिए। आज भुकम्प गएको चार वर्ष बितिसक्यो। सरकारले अनुदार मार्फत ३ लाख रुपैयाँ दिएको थियो। जुन घर बनाउन पर्याप्त थिएन। तर स्थानीयले ऋण लिएरै भए पनि पक्की घर बनाएका छन्। भूकम्पलाई बिर्सिएर गाउँलेहरु पुनर्निर्माणमा जुटेका छन्।

भूकम्पले क्षतविक्षत बनेको बारपाक अहिले लोभलाग्दो बनेको छ। आफ्नै प्रयासबाट गाउँलेले बारपाकलाई उज्यालो बनाएका छन्। कैयौं रात घाम पानीसँग जुझ्दै टहरामा रात काटेका राम बहादुरले पनी हालैमात्र नयाँ घर बनाए।

भूकम्पमा गुमाएका आफन्तहरुलाई फर्काउन नसके पनि परिवारको खुसी फर्काउन उनी प्रयास गर्दैछन्। अन्नपुर्ण पोस्टको लागि सुनिता डंगोलले खिचेका तस्बिरहरु साभार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*