भूकम्प स्मृति दिवसमा सार्वजनिक विदा हुने

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार १०:३०

गोरखा – चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पलेले १ सय ३० जनाको मृत्यु सुलिकोट गाउँपालिकामा भएको थियो ।

गाउँ कार्यपालिकाको बैठकले बैशाख १२ गते बिहिबार बिदाको निर्णय गरे संगै गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु बिदा हुने बताइएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो भने थुप्रै घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*