पुष देखि मदन भण्डारी विश्व विद्यालयमा पढाई शुरु हुने

भदौ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी पुस देखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ। थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवन लगायत ल्याब निर्माण गरिरहेको छ। करिब ८९ लाखको लागतमा एक वर्षदेखि निर्माण कार्य सुरु गरिरहेको छ । ‘चार वटा भवन मध्ये अव एउटा मात्र भवन तयार हुन बाँकी छ,’विश्व विद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने,‘पुस १ गतेदेखि पढाइ सुरु गर्ने लक्ष्य लिएका छौँ...