मोबाइल डेटा सस्तो दिनेमा नेपाल विश्वकै १०औं स्थानमा
साउन, काठमाडौं – माेबाइल इन्टरनेटमा नेपाल विश्वकै १०औं सस्तो देशमा परेकाे एक अध्ययनले देखाएकाे छ । इन्टरनेट प्याकेजहरु दाँजेर हेर्न सकिने प्लेटफर्मका रुपमा १० वर्षअघि सुरु भएको केबल डट काे डट यूके ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको मोबाइल इन्टरनेट विश्वकै १०औं सस्तो मध्येमा परेको छ । नेपालका माेबाइल सेवा प्रदायकले उपलब्ध गराउँदै आएका ३६ ओटा मोबाइल डेटा प्लानलाई लिएर अध्ययन गर्दा नेपाल १०औं सस्ताे देशमा परेको हो । अध्ययन प्रतिवेदन अनुसार नेपालमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.२७ डलर अर्थात् ३४ रुपैयाँको हारहारीमा पर्नेछ ।...


















