विदेशबाट आउँदा मोबाइल र ल्यापटप कति ल्याउन पाइन्छ ?
मंसिर, कठमाडौं – यदि तपाईं विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिँदै हुनुहुन्छ भने आफ्नो साथमा कुन डिभाइस कति ल्याउन पाइन्छ भन्ने विषयमा जानकारी राख्न आवश्यक हुन्छ । यसबारे ख्याल नहुँदा कतिपय मानिसले कानूनी कारबाही भोग्ने गर्छन् । सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) बमोजिम ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ तयार पारेको छ । गत वर्ष जेठ १५ गतेबाट लागू गरिएको उक्त आदेश अनुसार ट्याब्लेट तथा ल्यापटपको हकमा व्यक्तिगत प्रयोजनका लागि एउटा मात्रै ल्याउन पाइने व्यवस्था रहेको छ ।...


















