अब फेसबुककाे नाम परिवर्तन हुने

तामसालिङ खबर
५ कार्तिक २०७८, शुक्रबार ०८:२०

कार्तिक, काठमाडौं – फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुककाे नाम परिवर्तन गर्ने भएको हो ।

कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएका छन् ।

नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम भर्जले उल्लेख गरेकाे छ । जसरी सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम अल्फाबेट बनाएको थियो ।

फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने आँकलन गरिएको छ । हालसम्म यी सबै कम्पनी फेसबुक ईंकअन्तर्गत सञ्चालित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*