कोरोनाका कारण दुई अर्ब २९ करोड घट्यो नेपाल टेलिकमको नाफा
साउन, काठमाण्डौ – नेपाल टेलिकमले आव २०७६/७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रूपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाको तुलनामा ६.२ प्रतिशतले कमी हो। उक्त आर्थिक वर्षमा नेपाल टेलिमकले ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ नाफा कमाएको थियो । यस हिसाबले गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा दुई अर्ब २३ करोड २८ लाख ५८ हजार ६२६ रूपैयाँले खुम्चिएको छ । लिज्ड लाइन, एफटीटीएच र जिएसएम डेटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको...


















