टिकटक सहित ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार १९:२९

असार, काठमाडौं – भारतले टिकटक सहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतीय प्रतिबन्धमा चर्चित एप टिकटक, विच्याट, पगजी लगायत ५९ वटा चिनियाँ एप परेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै दुरसंचार सेवा प्रदायकहरूलाई यी एप प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिक सँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि चिनियाँ सामान प्रतिवन्धको आवाज उठेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*