एनसेलले वाईफाई सेवा सुरु गर्‍याे

कार्तिक २४, काठमाण्डौ – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा बाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ । जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सी मार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा...