फेसबुक म्यासेञ्जरमा अश्लिल भिडियो देखि सजग हुनुहोस

साउन ५, काठमाडौं – फेसबुक म्यासेञ्जरमा आएको के त्यो भिडियो तपाइको हो ? भन्ने म्यासेजले फेसबुक प्रयोगकर्तालाई हैरानी बनाएको छ । यसरी हैरानी भएको र आफूले कुनै पनि भिडियो म्यासेञ्जरमा नपठाएको भन्दै स्टाटस पोष्ट समेत गरिरहेका छन् । यसलाई खोल्दा ह्याकरहरुले सबै डाटाबेस कलेक्सन गरेर पछि फेसबुकमा नै समस्या आउने गरेको प्रविधिमा जानकार भानुभक्त थपलियाको भनाइ छ । प्राध्यापक, सञ्चारकर्मी, राजनीतिकर्मी लगायत सामाजिक अगुवाहरुले यो सबै स्पाम हो, मैले कसैलाई पनि भिडियो पठाएको छैन, त्यो भाइरस हुन सक्छ, नखोल्नुहोला भनेर स्टाटस पोष्ट गरिरहेका छन् । सूचना प्रविधिमा जानकार पवन...