टेलिकमले इन्टरनेटमा शुल्क बृद्धि नगर्ने
साउन १, काठमाडौ – नेपाल टेलिकमले इन्टरनेट शुल्क बृद्धि नहुने स्पष्ट पारेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिरहे कै बेला टेलिकमको सो निर्णय सर्वाजनिक भएको हो ।
ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट शुल्क वृद्धि नगरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले मंगलबार विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा इन्टरनेट शुल्क बढाउनुको साटो सेवाग्राहीलाई झन् बढी सहुलियत दिने उद्धेश्यका साथ समर अफर कार्यक्रम ल्याइएको समेत जनाइएको छ ।






